ह्याण्डबल प्रतियोगितामा गण्डकीको महिला टिम सेमिफाइलन प्रवेश
पाेखरा | असोज २७, २०७९
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ह्याण्डबलमा प्रतियोगितामा गण्डकी प्रदेशका महिला र पुरष टोलीले अन्तिम चारमा स्थामा बनाएको छ ।
पुरषतर्फ गण्डकीसँगै , लुम्बिनी, आर्मी र एपीएफले अन्तिम चारमा स्थान बनाएका छन् ।
समूह ए बाट गण्डकी र विभागीय आर्मीले अन्तिम ४ मा स्थान बनाएको हो । त्यस्तै, समूह बी बाट विभागीय सशस्त्र र लुम्बिनीले अन्तिम ४ मा स्थान बनाएको हो । सशस्त्रले समूह विजेता र लुम्बिनीले उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
पुरुषतर्फको ह्याण्डबलमा समूह ‘ए’ बाट गण्डकी र आर्मीमध्ये विजेता र उपविजेताको टुंगो लगाउन बाँकी छ। ५ टिम रहेको समूह ए मा गण्डकी र आर्मी दुबैले लगातार ३ खेल जित्दै अन्त्यमा २७र२७ को बराबरीसँगै समूहको लिग खेललाई अन्त्य गरेको थियो ।
यसअघि, लिगअन्तर्गत आर्मीले ४ खेलमा १७८ गोल गरेको छ भने ६३ गोल खाएको छ। यता, गण्डकीले लिगअन्तर्गतको खेलमा १८४ गोल गरेको छ भने ७४ गोल खाएको छ ।
सेमीफाइनलमा गण्डकीले लुम्बिनी र एपिएफले आर्मीको सामना गर्नेछ ।
महिला ह्याण्डबलतर्फ एपीएफ, गण्डकी, आर्मी र प्रदेश–१ अन्तिम चारमा
समूह ए बाट विभागीय एपीएफले समूह विजेताको स्थान बनाएको छ । एपिएफ समुह विजेता बन्दै सेमीफाइनलको यात्रा तय गरेको हो ।
पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जारी महिलातर्फ समूह बी बाट विभागीय आर्मी र प्रदेश–१ ले सेमिफाइनलमा स्थान बनाएको छ ।
सो समूहबाट आर्मी विजेता र प्रदेश–१ उपविजेता बन्दै अन्तिम ४ मा स्थान बनाएको हो । सेमिफाइनलमा एपीएफ र प्रदेश–१ बीच सेमिफाइनल खेल्नेछ । त्यस्तै, विभागीय आर्मी र गण्डकी सेमिफाइनल खेल्नेछ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

